अमेरिकामा लुटेराको गोली प्रहारबाट एक नेपालीको मृत्यु |

अन्य

अमेरिकामा लुटेराको गोली प्रहारबाट एक नेपालीको मृत्यु |

जनवरी २२ काठमाडौँ :-अमेरिकाको टेक्सास स्थित एक ग्यास स्टेशनमा लुटेराको गोली प्रहारबाट १ नेपालीको मृत्यु भएको छ । डलासको गारल्याण्डमा नेपालीले सञ्चालन गरेको एक्सोन ग्यास स्टेशनमा कार्यरत ३५ बर्षका मनिष पाण्डेको लुटेराको गोली प्रहारबाट ज्यान गएको गारल्याण्ड प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार राती लुटेराहरु ग्यास स्टेशनमा प्रवेश गरेका थिए । स्टोरमा प्रवेश गरेर लुट्न खोज्दा प्रतिवाद गरेका पाण्डेलाई गोली प्रहार गरी हत्या गरिएको हो । गोली प्रहार लगतै प्रहरीलाई खबर गरेपनि उनीहरु फरार छन् । स्थानीय प्रहरीले घटनाको समयमा सिसि क्यामेरामा कैद भएका केहि दृष्यसहितको तस्विर सार्वजनिक गरेको छ । जस अनुसार दुई जना लुटेराहरु अश्वेत हुन् ।प्रहरीले लुटेराको खोजी तिब्र पारेको जनाएको छ । केहि महिना अघि मात्रै नेपालबाट आएका पाण्डे आफन्त कृष्ण पन्तले सञ्चालन गरेको उक्त ग्यास स्टेशनमा काम गर्दै थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...