अपराध
अपराध विषय अन्तर्गतका लेखहरु
अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा २ जना पक्राउ ।
नोभेम्बर ३० काठमाडौँ :-अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा अवैध रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१८ नरदेवी ठेगाना भएका काठमाडौं रणमुक्तेश्वरस्थित अन्जनी ओभरसिजका संचालक ५८ वर्षीय गोवर्धन प्रसाद सरावगी र अर्घाखाची शितगंगा नगरपालिका-४ जोगेनिकोट ठेगाना भएका […]
1,221 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 2.00)
कृष्ण दास गिरी सिद्दबाबा बलात्कारको अभियोगमा पक्राउ ।
नोभेम्बर ३० सुनसरी :-सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदातल सुनसरीले शुक्रबार गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको बताए। गिरीमाथि एक जना अनुयायीले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन्। गिरीविरूद्ध जबरजस्ती […]
3,692 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आठ किलो सुन सहित दुई चाईनिज नागरिक पक्राउ ।
नोभेम्बर ३० काठमाडौँ :- त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले चेन होङयाङ र चेन क्वीनहाङलाई ८ किलो सुनसहित पक्राउ गरेको हो । बिहीबार राति नेपाल एयरलाइन्सबाट हङकङ हुँदै नेपाल आएका उनीहरूको साथबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । समातिएका […]
2,648 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा ३३ का वडा अध्यक्षको गाडीमा बम बिष्फोट ।
नोभेम्बर २५ पोखरा :-पोखरा ३३ का वडाध्यक्ष शिव आचार्यको गाडीमा बम विष्फोट गराइएको छ ।ग २ च ४२६ नम्बरको हाईलक्स गाडीमा बम पड्काईएको हो । वडाध्यक्षको घरमा पार्किङमा राखिएको बेला बम विस्फोट गरिएको वडाध्यक्ष आचार्यले बताए । बम पड्किएपछि गाडीको अघिल्लो भागमा क्षति पुगेको छ । घटना राती २ बजे भएको हो । प्रहरीले अज्ञात […]
1,221 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एक युवकद्वारा आफ्नै श्रीमतीको घाँटी रेटी हत्या ।
नोबेम्बर ५ काठमाडौँ :- पर्सा जिल्ला, जिराभवानी गाऊँपालिका वडा नं। ३ का २८ बर्षिय केदार भनिने रामबाबु हजरा दुसातले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टी भएको छ । उनले आफ्नी १९ बर्षिय श्रीमति निपुदेवीको ससुराली जाने क्रममा बीच बाटोमा चक्कुले घाँटी रेटी हत्या गरेको हो । केदार र निपुदेवीवीच ससुराली जाने क्रममा बीच बाटोमा […]
1,355 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
साढे ६ वर्षपछि यसरी समातिए एसिड प्रहार गर्ने अपराधी ।
नोबेम्बर ५ पीम तमु काठमाडौँ :- विन्दावासिनी कंसकार आफ्नै पसलमा बसिरहेकी थिईन । यस्तैमा अचानक उनीमाथी एसिड आक्रमण हुन्छ । उनी असह्य पीडामा चिच्याउन थाल्छिन् । एकैछिनमा मान्छेको भिडभाड बढ्न थाल्छ । तर त्यसबेलासम्म आक्रमणकारी फरार भैसकेको हुन्छ । लगत्तै उनलाई अस्पताल पु¥याईन्छ । केशरी नामले चिनिने भारतीय नागरिक दिलिपराज केशरीले प्रेम प्रस्ताव अस्विकार गरेको […]
1,384 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सुन पसलबाट ३३ तोला सुन लिएरा एक भारतीय कामदार बेपत्ता ।
अक्टुबर २६ पोखरा :- सुन पसलको ३३ तोला सुनसहित एक भारतीय युवक वेपत्ता भएका छन् ।भारत कलकत्ता घर भई पोखरा -९ न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिमा काम गर्ने ३६ बर्षीय रञ्जन राजवंशी बुधवार दिउसो ३३ तोला सुनसहित सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ । प्रालिबाट ३३ तोला सुन लिएर पोखरा-८ सिर्जनाचोकस्थित गहना बनाउने ठाँउमा […]
1,344 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
यौन दुर्व्यवहार मुद्दामा हिरासदमा रहेका पुर्व सभामुख महरालाई थप ७ दिन थुनामा राखिने ।
अक्टुबर २५ काठमाडौँ :-यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।संंसद सचिवालयकी एक कर्मचारीले यौन […]
1,197 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कपनमा १९ लाख नगद सहित २१ जना जुवाडेहरु पक्राउ ।
अक्टुबर १३ काठमाडौँ :- महानगरीय प्रहरी वृत्त बौद्ध प्रहरीले करिव १९ लाख नगदसहित २१ जुवाडेलाई पक्राउ गरेको छ । टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार नगदसहित पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको […]
2,782 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एक हजार घुस लिएको अभियोगमा प्रक्राउ पछि धरौटीमा रिहा भएका कर्मचारीद्वारा आत्मा हत्या ।
सेप्टेम्बर २४ काठमाडौँ :-एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको एक साता मै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि […]
1,452 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
काठमाडौँमा एटीएम ह्याक प्रकरणमा अनुसन्धान गर्न भाषा नबुझ्दा कठीन ।
सेप्टेम्बर ६ काठमाडौंँ:- बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ह्याक गरेर करोडौं रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शंकास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल […]
1,404 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पुर्व सभासद डोल बहादुर कार्की घुस काण्डमा दोषी ठहर भए पछि जेल चलान ।
सेप्टेम्बर ५ काठमाडौंँ:-अदालतले घुसकाण्डमा दोषी ठह¥याएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् ।अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो ।अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी […]
2,898 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)