एक हजार घुस लिएको अभियोगमा प्रक्राउ पछि धरौटीमा रिहा भएका कर्मचारीद्वारा आत्मा हत्या ।

अपराध

एक हजार घुस लिएको अभियोगमा प्रक्राउ पछि धरौटीमा रिहा भएका कर्मचारीद्वारा आत्मा हत्या ।
सेप्टेम्बर २४ काठमाडौँ :-एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको एक साता मै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन । मृतक सुवेदीको शवको भक्तपुर अस्पतालमा आजै पोष्टमार्टम गरिएको छ ।कलंकी मालपोत कार्यालयमा खरदारका रुपमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको थियो । त्यसपछि अख्तियारले हाजिर हुन कार्यालयमा बोलाइ कार्यालयबाटै गएको साउन २२ गते पक्राउ गरी थुनामा राखेको थियो । २१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैयाँ लिँदा ज्यानै गुमाउनु परेको अस्पताल आएका आफन्तले बताएका छन् । अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तको आरोप रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...