यौन दुर्व्यवहार मुद्दामा हिरासदमा रहेका पुर्व सभामुख महरालाई थप ७ दिन थुनामा राखिने ।

अपराध

यौन दुर्व्यवहार मुद्दामा हिरासदमा रहेका पुर्व सभामुख महरालाई थप ७ दिन थुनामा राखिने ।
अक्टुबर २५ काठमाडौँ :-यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।संंसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...