नक्कली नागरिकता लिना खोज्दा प्रहरीको फन्दामा |

अपराध

नक्कली नागरिकता लिना खोज्दा प्रहरीको फन्दामा |

जनवरी २७ रामेछाप:- रामेछापको खाँडादेवी गाउँपालिका– १ राकाथुम लुभुका विनोद माझीले नक्कली छोरा बनाई नागरिकताको सिफारिस लिन खोज्दा वडा कार्यालयबाट पक्राउ परेका छन् ।

माझीले आफ्नो भाइको छोरालाई आफ्नै छोरा बनाई नागरिकताको सिफारिस लिन वडा कार्यालयमा पुगेका थिए । वडा कार्यालयमा पुगेका माझीलाई वडा अध्यक्ष विष्णु श्रेष्ठले शंका लागेर सोधपुछ गर्दा उनले नक्कली नागरिकता बनाउनको खोजेको थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरी जिम्मा लगाउनु भएको हो ।

पक्राउ परेका माझीलाई प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...