झुठो विवरण पेशगरि नागरिकता लिने ज्वोई ,सासु सहित साँचीहरु प्रहरी खोरमा |

अपराध

झुठो विवरण पेशगरि नागरिकता लिने ज्वोई ,सासु सहित साँचीहरु प्रहरी खोरमा |

अप्रिल २ पोखरा :- नक्कली र झुठो विवरण पेस गरी पोखरा १० को ठेगानामा नागरिकता लिएका मोरङका मीलन परियार र उनलाई सहयोग गर्नेहरु पक्राउ गरी कास्की प्रहरीले अनुसन्धान अघि बढाएको छ ।परियार र साक्षी बसेका पोखरा वडा नम्बर १० का सम्मरबहादुर श्रेष्ठ, मनवीर गुरुङ, तत्कालीन वडा सचिव नवराज थापा र मीलनकी सासुआमा मनकुमारी परियारसहित ८ जना पक्राउ परेका हुन् । श्रेष्ठ अहिले वडा सदस्य छन् भने गुरुङ पूर्व वडाध्यक्ष हुन् ।

मीलन परियारले सासुआमा मनकुमारीको सहयोगमा नागरिकता बनाएका थिए । पति धनजीत विदेशमा भएका बेला २०७० साल पुस १७ गते उनले झुठो विवरण तयार पारी ज्वाइँ मीलनलाई छोरा भनी नागरिकता निकाल्न सहयोग गरेकी हुन् । मीलन र मनकुमारीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले साक्षी बसेका सम्मबहादुर, मनवीर, पूर्व वडा सचिव नवराजसहित गोमा तामाङ थापा, धनमाया गुरुङ, नीलम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।मन कुमारीको श्रीमानको उजुरीमा अनुसन्धान गर्दा यसको पर्दाफास भएको हो |झुठो विवरण पेस गरी बनाएको नागरिकता फेला पारेपछि प्रशासनमा उजुरी दिएको धनजीतले प्रहरीलाई बताएका थिए । विदेश जाने प्रयोजनका निम्ति मीलनले झुठो विवरण पेस गरी नागरिकता लिएको बुझिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...