गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाउने पक्राउ |

अपराध

गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाउने पक्राउ |
मे १६ काठमाडाै:- गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्नेहरू नवलपरासी गैंडाकोट नगरपालिका-१३ की ४३ बर्षीया मनमाया आचार्य र तनहुँ सुन्धारा-२ का ३९ बर्षीय छविलाल घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुको कोठाबाट विभिन्न ब्यक्तिको नामका नागरिकता ३४ थान, नेपाली राहदानी ३० थान, नेपाली नागरिकता तथा राहदानीका प्रतिलिपीहरु र वैदेशिक रोजगारीको लागि गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन १४ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...