सात जनाको हत्यागरी फरार हुसेनलाई कतारबाट नेपाल ल्याईयो |

अपराध

सात जनाको हत्यागरी फरार हुसेनलाई कतारबाट नेपाल ल्याईयो |

मार्च ५ काठमाडौँ :-७ जनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ ।सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगटन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असारमा ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेकोमा इन्टरपोल कतारबाट खटिआएका प्रहरी अधिकृतले आज हुसेनलाई नेपाल ल्याएको हो |

सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहसमेत सातजनाको हत्या गरी फरार रहेको अभियोगमा हुसेनविरुद्ध सप्तरी जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएकोमा उनी फरार भएर वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए ।

हुसेनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...