नेहा पुनलाई साँढे २ बर्ष पछि मिलेओ न्याय अभियुक्तलाई २५ बर्षको सजाय |

अपराध

नेहा पुनलाई साँढे २ बर्ष पछि मिलेओ न्याय अभियुक्तलाई २५ बर्षको सजाय |
मे १ पोखरा :-मगर चलचित्रकी नायिका नेहा पुन योरुना हत्याका अभियुक्त किर्तन खड्गी ''सतिश''लाई जिल्ला अदालत कास्की दोषी ठहर गरेको छ । गत २०७२ माघ १८ गते राति भएको सो हत्या प्रकरणमा संलग्न उनलाई जिल्ला अदालत कास्कीले २५ वर्ष कैदको फैसला सुनाएको हो । आइतबार जिल्ला न्यायधीश रमानाथ पौड्यालको एक्कल इजलासले खड्गीलाई कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणी उद्योगमा ५ बर्ष कैदको फैसला सुनाए ।ढाई वर्ष पछि भएको फैसलाबाट खड्कीले दुई अपराधमा २५ वर्ष कैद जिवन बिताउनुपर्नेछ । जिल्ला सहायक न्यायधिवक्ता नवराज रेग्मी र अधिवक्ता सुरेन्द्र थापा मगरले पीडित पक्षबाट तथा अधिवक्ता दुर्गेशराज पन्त र माधवी पाण्डेले विपक्षीका तर्फबाट बहस गरेका थिए । नयाँगाउँ घर भई पोखराका न्युरोडमा एक रेष्टुरेण्टमाका कार्यरत नेहा पुनको २०७२ माघ १९ गते घर नजिकै हत्या गरिएको अवस्थामा सव भेटिएको थियो ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...