जगन्य अपराधको घटनामा उजुरी दर्ता नगर्ने प्रहरी कार्यालयका निमित प्रमुख निलम्बित |

अपराध

जगन्य अपराधको घटनामा उजुरी दर्ता नगर्ने प्रहरी कार्यालयका निमित प्रमुख निलम्बित |

मार्च ११ कैलाली:- बोक्सीको आरोपमा किशोरी कुटपिट घटनाको उजुरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्ट निलम्बित भएका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निलम्बित गरेको जनाएको छ । विष्टसँग जिल्ला प्रहरी कार्यलयले लिखित स्पष्टीकरण मागेको थियो ।

बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडमा जाहेरी दिन गए पनि प्रहरीले जाहेरी दर्ता गर्नुको सट्टा मिलापत्र गराउन दबाब दिएको पीडित किशोरीका आफन्तले बताएका थिए। उनलाई बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो ।

इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ विष्टले भने जनप्रतिनिधिसमेतको उपस्थितिमा पीडित र पीडक दुवै पक्षले मिल्ने सहमति जनाएपछि अभियुक्तलाई छाडिएको बताउँदै आएका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...