धनुषामा एक जना प्रहरी नायव निरिक्षक रंगेहात घुस लिंदै गर्दा पक्राउ ।

अपराध

धनुषामा एक जना प्रहरी नायव निरिक्षक रंगेहात घुस लिंदै गर्दा पक्राउ ।
डिसेम्बर २२ जनकपुर :-सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक (सई) पक्राउ परेका छन् । दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमिमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो । मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५ हजार घूस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई घूस लिइरहँदा रंगेहात समातिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...