गाउँ पालिका अध्यक्षलाई गए राति गोलि प्रहार ।

अपराध

गाउँ पालिका अध्यक्षलाई गए राति गोलि प्रहार ।
एप्रिल ३० काठमाडौँ:-यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहनुभएको छ । करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुत्नुभएका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । दुई अज्ञात व्यक्तिले रिभल्वरले उहाँलाई गोली प्रहार गरेका थिए । वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली उहाँलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताउनुभयो । स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...