जनकपुर पछि भारतीय प्रधान मन्त्रि मोदी काठमाडौँमा |

अन्य

जनकपुर पछि भारतीय प्रधान मन्त्रि मोदी  काठमाडौँमा |
मे ११ काठमाडौँ :- जनकपुरबाट नेपालको तेस्रो भ्रमण सुरु गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भरखरै काठमाडौं आइपुगेका छन् ।एयर इन्डियाको विमानमार्फत नेपाल आएका मोदीले करिब ३ घन्टा जनकपुरमा बिताए । उनले रामजानकी मन्दिरमा पूजा गर्नुका साथै अयोध्या–जनकपुर जोड्ने बस सेवाको उद्घाटन गर्दै नागरिक अभिनन्दन पनि ग्रहण गरेका छन्। केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गर्नेछन् ।मोदी विमानस्थलबाट सोझै हायात होटल जानेछन् । त्यहाँबाट उनी टुँडिखेल पुग्नेछन् । टुँडिखेलमा ४ बजे ‘गार्ड अफ अनर’ दिइने तय भए पनि जनकपुरबाट आउन ढिला भएकाले समय सर्न सक्ने छ । त्यसपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। त्यसपछि समकक्षी केपी शर्मा ओलीसँग मोदीले केही बेर छलफल एवं वार्ता गर्ने तयारी छ। साँझ प्रधानमन्त्री मोदी समकक्षी ओलीले सम्मानमा राखेको रात्री भोजमा सरिक हुनेछन् । एजेन्सी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...