प्रचण्डको आग्रहमा बिराटनगर स्थित भारतीय कार्यालय बन्द |

अन्य

प्रचण्डको आग्रहमा बिराटनगर स्थित भारतीय  कार्यालय बन्द |
मे २३ काठमाडौँ :- भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ । नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको ‘फिल्ड अफिस’को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय चाँडै हट्ने जनाउँदै आउनुभएको थियो । नेपालले सो कार्यालय हटाउन पटक पटक आग्रह पनि गर्दै आएको थियो । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सो कार्यालय हटाउन र सीमा विवाद समाधानका लागि सकारात्मक पहल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा भएको भटेमा आग्रह गरेका थिए । तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सो कार्यालय हटाउन कूटनीतिक पहल गर्नुभएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...