साउदीको जेद्दहामा एक नेपालीलाई कम्पनीले बन्धक बनाई चरम यातना दिएको खुलासा |

अन्य

साउदीको जेद्दहामा एक नेपालीलाई कम्पनीले बन्धक बनाई चरम यातना दिएको खुलासा |
मे १८ साउदी अरब:- रोजगारीको लागि साउदि पुगेका एक नेपालीलाई रोजगारदाता कम्पनीले लामो समय देखि बन्धक बनाएर चरम यातना दिदै आएको रहस्य खुलेको छ । साउदी अरबको जेद्दाह स्थित अल नबर्सेस होटेल्स ग्रुप मा वइटर कामका लागि पुगेका किस्नपुर ७ कंचनपुरका सुरेश पार्खी लाई कम्पनीले बिगत लामो समय देखि कम्पनी भित्रै राख्ने तर कम्पनी बाट कहि कतै निष्कन नदिने गरि बन्धक बनाइ राखेको स्रोतले जानकारी दिएको छ । काठमाडौंको बसुन्धारामा रहेको पिजन एच आर सोलुसन म्यानपावर प्राली बाट ८० हजार रुपैया बुझाइ आठ घण्टा काम गरेबापत हजार रियल तलब पाउने र ओभरटायम समेत मिल्ने सम्झौतामा साउदि पुगेका पार्खि लाई काम १२ घण्टा काम लगाएर हजार रियल मात्रै दिएपछी कम्पनी को अफिस मा गएर कुरा गर्दा पार्खीलाई घर पठाउने भन्दै हाल सम्म बन्धक बनाइ राखेको पीडितको भनाइ उदृत गर्दै स्रोतले जानकारी दिएको छ । म्यानपावर लाइ पटकपटक सम्पर्क गर्दा आफुहरु ले केही गर्न नसक्ने बताउछन ।दूतावास सम्म जान ५ घन्टा टाढा छ खर्च पनि छैन भाषा बोल्न आउदैन बन्धक बनेर बस्नुपरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...