रोटरी क्लब बुटवलले २ लाख राशिको पुरुस्कार महाबिर पुनलाई ।

अन्य

रोटरी क्लब बुटवलले २ लाख राशिको पुरुस्कार महाबिर पुनलाई ।

डिसेम्बर १० बुटवल :- रोटरी क्लब अफ बुटवलले स्थापना गरेको रु दुई लाख राशिको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ ।अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद रु दुई लाख राशिसहितको ‘रोटरी सर्भिस अवार्ड –२०१७’ प्रदान गर्न लागिएको क्लबका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए ।

क्लबको रजत जयन्तीको अवसरमा मंसिर २८ गते बुटवलमा आयोजना गर्न लागिएको कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका गभर्नर शंजय गिरीले उक्त पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ ।वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने इन्टरनेट सञ्जाल विस्तार गर्न सफल पुनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी निरन्तर अनुसन्धानमा लागेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...