नेपालमा आज थप २५ जना संक्रमित पुष्टि ,४२७ कोरोना संक्रमित।

अन्य

नेपालमा आज थप २५ जना संक्रमित पुष्टि ,४२७ कोरोना संक्रमित।
मे २० काठमाडौँ :-नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा थप २५ जनामा कोरोना पुष्टि भएको जनाएका हुन् ।आज बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। आज थप भएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।अहिलेसम्म ३७ जिल्लामा सङ्क्रमित भेटिएका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...