गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,प्रदेशमा संक्रमित संख्या २७ पुग्यो।

अन्य

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,प्रदेशमा संक्रमित संख्या २७ पुग्यो।
जुन १ पोखरा :- गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नवलपरासी कावासोती नगरपालिकाको क्वारेन्टिनमा रहेका २२ र २६ बर्षीय २ जना पुरुष बिनयत्रिवेणी गाउँपालिकाका १४ बर्षीय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमितहरुलाई अहिले जिल्ला अस्पताल लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । गण्डकी प्रदेशका ६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ६ जना पुरुष तथा २ महिला , स्याङ्जाका ६ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ८ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका १ जना पुरुष र तनहुँका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...