बैदेशिक रोजगारको क्रममा बिदेशीभूमिमा ज्यान गुमाएका २४ नेपालीको शव नेपाल ल्याउदै।

अन्य

बैदेशिक रोजगारको क्रममा बिदेशीभूमिमा ज्यान गुमाएका २४ नेपालीको शव नेपाल ल्याउदै।
जुन १९ काठमाडौँ :-वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट २० र अन्य देशबाट ४ वटा शव दिउँसो नेपाल ल्याउन लागिएको हो ।बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो ।साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । महमुद अलमान मुसलमान कपिलबस्तु, मुस्ताक साइक सर्लाही , रुपेशकुमार मण्डल सिराहा,कुम्बा तामाङ लमजुङ , भक्तबहादुर थापामगर बाँके,राजेन्द्रप्रसाद मण्डल सप्तरी,युवराज अधिकारी मोरङ,मीनबहादुर थापा भोजपुर, नरबहादुर कामी सुर्खेत, मंगलबहादुर तामाङ भोजपुर,सुकराम थारु बर्दिया,अरुणकुमार पंजियार, सर्लाही,शिवशंकर राउत महोत्तरी,चुतर्वा मण्डल भरतपुर,जितेन्द्र थापामगर मकवानपुर, यामबहादुर थापा रुपन्देही,कासिदेव यादब सिराहा,सधोवाका पासवान सर्लाही र अनिल चौधरी महोत्तरी शव कतारबाट ल्याइँदै छ। यी मध्ये ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी बोर्डले घरसम्म पुर्‍याइदिने छ।शुक्रबार साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैेछन्। जजिरा एयरलाइन्सले कुवेतबाट दुई, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव काठमाडौँ ल्याउँदैछन्। कोरोना भाइरसको महामारीपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा शव रोकिएका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...