बारामा चट्याङ लागेर ४ जनाको मृत्यु ,७ घाइते |

अन्य

बारामा चट्याङ लागेर ४ जनाको मृत्यु ,७ घाइते |
जुलाई २ बारा :-चट्याङले लागेर बारामा बिहीबार बिहान ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। धान रोपाइ गर्न बिहान करिब ७ बजेतिर खेतमा गएका बेला चट्याङले लागेर बारा कलैया उपमहानगरपालिका १२ कि ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बिहिबार नै चट्याङले लागेर बाराकै फेंटा गाउँपालिका १ कि ४० वर्षीया सुनरपती देवी र ३० वर्षीया ईन्दु देवीको मृत्यु भएको थियो।चट्याङ लागेर फेंटा गाउँपालिका १ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारका लागि उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। खेत रोपाइँ गर्ने क्रममा महिलाहरुलाई चट्याङ लागेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...