पर्वत दुर्लुङ्गमा पहिरोमा परि मृत्यु हुने ८ जनाको सामुहिक अन्त्यस्टि गरिने।

अन्य

पर्वत दुर्लुङ्गमा पहिरोमा परि मृत्यु हुने ८ जनाको सामुहिक अन्त्यस्टि गरिने।
जुन १५ पोखरा :- पर्वत जिल्लाको कुश्मा नगरपालिका- ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा परी मृत्यु भएका दुई घर परिवारका ८ जनाको  सामूहिक अत्येष्टि गरिने भएको छ ।पहिरोमा परि मृत्यु भएका तुलबहादुर थापाको परिवारका ६ जना र कमला बिकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीबेणीमा सामुहिक अन्त्येष्टि गरिने भएको हो ।मृतक ८ जनाको शव पोष्टर्माटमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकको पोष्टमार्टम सकिएपछि आजै सामुहिक अन्येष्टि गरिने स्थानियबासीले जानकारी दिएको छ। पर्वत अस्पतालका प्रमुख डा. शिशिर देबकोटाले पोष्टर्माटमको तयारी भैरहेको बताउनुभयो । मुसलधारे बर्षापछि गएको पहिरोमा परेर ६२ बर्षिय तुलबहादुर थापा , उहाँकी श्रीमती ६० बर्षिया मिनाकुमारी थापा, छोरी ३४ बर्षिया दिर्पा थापा, नातिनी ११ बर्षिया विविसा थापा, नातिहरु १५ बर्षिय सम्राट थापा र १७ बर्षिय बिवेक थापाको मृत्यु भएको थियो । मृतक मध्ये बिबेक दिर्पाका छोरा हुन भने अन्य दुई जना बालबालिका छोरा तर्फका नाति र नातिनी हुन । यसैगरी पहिरोमा परेर २६ बर्षिया कमला विकका छ ८ बर्षिया छोरी प्रमिशा विकको पनि मृत्यु भएको भने उहाँकै १४ बर्षिय छोरा जेनिश विक बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...