नेपालमा सोमबार राती थप १८ जना कोरोना संक्रमित भेटियो ,संक्रमितको संख्या ३७५।

स्वास्थ्य

नेपालमा सोमबार राती थप १८ जना कोरोना संक्रमित भेटियो ,संक्रमितको संख्या ३७५।
मे १८ काठमाडौं:-नेपालमा आज (सोमबार) राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ३७५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषामा २ जना पुरुष, खोटाङ हलेसी निवासी एक जना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबिस–१ निवासी एक जना पुरुष, सुनसरी निवासी एक जना पुरुष र झापा निवासी एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।यससंगै आज (सोमबार) एकैदिन ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...