“हामी ईटाली मात्र होईन, युरोप र पुरा विश्वमा राज गर्नेछौँ “-रोनाल्डो

खेलकुद

“हामी ईटाली मात्र होईन, युरोप र पुरा विश्वमा राज गर्नेछौँ “-रोनाल्डो
एजेन्सी । सिजन २०१९/२० मा इटालियन जायन्ट युभेन्टसका सुपरस्टार क्रिष्टियानो रोनाल्डोको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहेतापनि क्लवले भने समग्रमा सोचेअनुरुपको उपलब्धी भने हाँसिल गर्न सकेन । युभेन्टसले सिरी ए को उपाधी हाँसिल गरेपनि च्याम्पियन्स लिगमा भने सोचेजस्तो प्रदर्शन गर्न सकेन । उसले यसपटकको च्याम्पियन्स लिगमा क्वार्टर फाईनल भन्दा अघिको यात्रा तय गर्नसकेन । फ्रेन्च क्लव लियोनसँग अवे गोलका आधारमा पछि परेपछि युभेन्टसको च्याम्पियन्स लिगको यात्रा रोकिएको थियो । तर युभेन्टसको आगामी सिजन सबैभन्दा उत्कृष्ट हुने क्लवका प्रमुख खेलाडी क्रिष्टियानो रोनाल्डोले बताएका छन् । "मेरो सम्पूर्ण शक्ति, टिमका खेलाडीहरुको महत्वपूर्ण सहयोग र क्लव स्टाफको साथ लिएर हामी अघि बढ्नेछौँ" रोनाल्डो ले भने "र हामी ईटाली मात्र होईन, युरोप र पुरा विश्वमा राज गर्नेछौँ ।" रोनाल्डोले यो सिजन क्लवका लागि कुल ४६ खेल खेल्दै ३७ गोल गरेका छन् । उनले सिरी ए मा ३१ गोल, च्याम्यिन्स लिगमा ४ गोल र कोपा ईटालियामा २ गोल गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...