सभामुख र भूगर्भविदसहितको टोली सिन्धुपाल्चोक जाँदै

देश    राजनीति

सभामुख र भूगर्भविदसहितको टोली सिन्धुपाल्चोक जाँदै
१० भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि जाँदै छ । यो टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गर्ने र स्थानान्तरणको पहल गर्ने बताइएको छ । टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत छन् । यो टोली आज सिन्धुपाल्चोकको बाँसखर्क पुगेर जोखिमयुक्त भूगोलको अध्ययन गर्ने बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने सभामुखको सचिवालयले जनाएको छ । सिन्धुपाल्चोकका बाढी र पहिरोबाट बिस्थापितहरुलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी भइसकेको छ । तत्कालका लागि भने उनीहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाइने छ । सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...