पाउल पोग्बालाई कोरोना, चेल्सीका चार खेलाडी आईसोलेशनमा

खेलकुद

पाउल पोग्बालाई कोरोना, चेल्सीका चार खेलाडी आईसोलेशनमा
एजेन्सी । फ्रेन्च नेशनल टिम र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना संक्रमण देखिएको छ । २७ वर्षीय मिडफिल्डर पोग्बालाई कोरोना पोजेटिभ देखिएको फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पुष्टि गरेको बीबीसीले जनाएको छ । पोग्बा हाल इंग्ल्याण्डमै छन् र उनी शनिबार आफ्नी गर्भवती श्रीमतीसंग लण्डनमा एक रेस्टुराँमा देखिएका थिए । कोरोना पोजेटिभ देखिएपछि पोग्वा युईएफए नेसन्स कपका लागि घोषित फ्रान्सेली टोलीबाट समेत बाहिरिएका छन् । पोग्बाको स्थानमा युवा खेलाडी एडवार्डो कामाभिङ्गालाई टिममा राखिएको छ । कोरोना देखिएपछि पोग्बा १४ दिनको सेल्फ आइसोलेसनमा रहेका छन् । यस्तै उनले म्यानचेष्टर युनाइटेडको प्रिसिजन तयारी पनि गुमाउने भएका छन् । फ्रान्सका अर्का खेलाडी टान्गुइ एन्डोम्बेलेलाई पनि कोरोना संक्रमण भएको छ र उनी फ्रान्सको टिमबाट बाहिरिएका छन् । फ्रान्सले नेसन्स लिग अन्तर्गत पहिलो खेलमा आउने सेप्टेम्बर ५ मा स्वीडेनसंग खेल्नेछ भने सेप्टेम्बर ८ मा क्रोएसियासँग खेल्नेछ । चेल्सीका चार खेलाडी  आईसोलेशनमा फुटबल क्लव चेल्सीका चार खेलाडीलाई कोरोना पोजिटिभको आशंकामा क्लवले आईसोलेशनमा राखेको छ । चेल्सीका पहिलो रोजाईका खेलाडीहरु टामी ईब्राहिम, क्रिष्टियन पुलिसिच, मेसन मोन्ट र फिकायो टोमोरी लाई क्लवले आईसोलेशनमा राखेको हो । चेल्सीका कम्तिमा आठ जना खेलाडीहरु अहिले क्वारेन्टाईनमा रहेको बताईएको छ । ती मध्ये चार जनालाई कोरोना पोजिटिभ देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । क्लवका खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि क्लवको प्रिसिजन गतिविधिहरु प्रभावित बनेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...