इजरायलमा चासोक तङ्नाम मौलिक परम्परा अनुसार भब्य रुपले सम्पन्न ।

जनजाती बिशेस

इजरायलमा चासोक तङ्नाम मौलिक परम्परा अनुसार भब्य रुपले सम्पन्न ।
डिसेम्बर १७ तङ्नाइजरायल :- किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलको आयोजनामा इजरायलमा याक्थुङ(लिम्बू) सामुदायको मौलिक राष्ट्रिय पर्व चासोक तङ्नाम ( उभौली पर्व/ न्वागी पुजा ) भब्य रुपमा मनाईएको छ ।गत शुक्रबार तेल अभिव स्थित हगनामा सम्पन्न भएको उक्त कार्यक्रम किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलका अध्यक्ष कुमार आङ्ग दम्बे ''अबी ''को सभापतित्वमा सम्पन्न भएको थियो ।प्रमुख अतिथी नेपाली राजदुताबासको तर्फबाट नियोग उप -प्रमुख अर्जुन घिमिरे , विशिष्ट अतिथी नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर ,बिशेस अतिथी एन आर एन एन सी सी इजरायलका अध्यक्ष शान्ता अधिकारी ज्ञवाली ,जातिया, धार्मिक ,सामाजिक ,राजनीतिक भात्री संगठन, संघ /सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । औपचारिक र अनौपचारिक गरी दुई भाग गरी गरिएको सो कार्यक्रमका संयोजक नुमा काङ्भा लिम्बु रहेको थियो । कार्यक्रम सभापति ,प्रमुख अतिथी ,बिशिष्ट अतिथीबाट दिप प्रज्वलन गरि शुरु भएको सो कार्यक्रममा प्रमुख अतिथी अर्जुन घिमेरे तथा बिशेष अतिथी नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगरले शुभकामना मन्तब्य दिनु भएको थियो ।कार्यक्रम आफ्नो समुदायको पहिचान झल्किने केलाङ (च्याब्रुङ नाच ) र याक्लाङ (धान नाच ) आकर्षणको केन्द्र बनेको थियो यस बाहेक अरु याक्थुङ्ग (लिम्बु )समुदायको पहिचान मौलिकता झल्किने मनोराजनात्मक गीत,संगीत प्रस्तुत गरेका थिए भने उपस्थित सबैलाई नेपाली खानाको बेबस्थ गरिएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका प्रमुख अतिथी बिशेस अतिथी ,अतिथीहरु लगायत सम्पूर्ण इजरायलबासी नेपाली तथा गैर नेपाली ,कार्यक्रम सफल बनाउन अहोरात्र खटिएका के या च्यु इजरायलका सदस्यहरुलाई धन्यवाद ,चासोक तङ्नामको अवसरमा देश बिदेशमा रहनु हुने सबैलाई शुभकामना दिंदै सभा बिसर्जन भएको घोषणा गरेका थिए ।औपचारिक कार्यक्रम कि या च्यु इजरायलका महासचिव राज लिम्बु र सचिव कन्चन लिम्बुले संचालन गरेका थिए । यस पछीको अनौपाचारिक संस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहर सुगम पोख्रेल र सुनिता थेगिम लिम्बुको रमाइलो प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुतीहरुले मनोरंजन दिलाएका थिए ।सुनिता थेगिमको प्रस्तुती राष्ट्रिय चर्चिक गायक सुगम पोख्रेलको को भन्दा रोचक भएको थियो ,यस अर्थमा इजरायली दर्शकहरुको माझ सुगम पोखरेलले सोचेको जस्तो प्रस्तुती दिना सकेनन ।कार्यक्रममा कि या च्यु इजरायलले स्थापना गरेको कल्याणकारी कोषमा सस्थापक ,सम्रक्षक र आजीवन गरी थपिएका सदस्यहरुलाई सम्मान गरिएको थियो ।यसबाट कोषको सदस्यहरु २४ जना पुगेको छ ।नेपालबाट आमन्त्रित कलाकारहरु सुगम पोख्रेल र सुनिता थेगिम लिम्बुलाई कि या च्यु इजरायल तथा नेपाल आदिबासी महासंघ इजरायलको तर्फबाट मायाको चिनो सहित सम्मान गरिएको थियो ।अनौपचारिक कार्यक्रम महासचिव राज लिम्बुले संचलन गर्नु भएको थियो ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...