देशभर १०६९ जना संक्रमित थपिए, काठमाडौंमा ४८१

देश    स्वास्थ्य

देशभर १०६९ जना संक्रमित थपिए, काठमाडौंमा ४८१
१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...