मेस्सीलाई अनुबन्ध गर्नसक्ने सम्भावित ३ क्लब

खेलकुद

मेस्सीलाई अनुबन्ध गर्नसक्ने सम्भावित ३ क्लब
एजेन्सी – सुपरस्टार लियोन मेस्सीले बार्सिलोना छाड्ने औपचारिक रुपमा कदम चालेसँगै अब उनी कहाँ जान्छन् भन्ने सर्वत्र चर्चा छ । बार्सिलोना छाडेपछि स्पेनकै अर्को क्लब जाने नदेखिएको उनले युरोपमै खेल्ने सम्भावना प्रबल छ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार बेहोरेपछि मेस्सीले क्लब छाड्न सक्ने सम्भावनाका बारेमा अड्कलबाजी हुन थालेको थियो । क्लबसँगको सम्झौता सन् २०२१ को जुनसम्म रहेपनि मेस्सीले क्लबलाई सम्झौता रद्द गर्न पत्र पठाएका छन् । सम्झौता अनुसार मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो रहेको छ । तर मेस्सीले कोरोनाका कारण सिजन लम्बिएका कारण यसअघि आफ्नो सम्झौतामा रहेको फुकुवा हुन पाउने सर्त प्रयोग गर्न नपाएको इंगित गर्दै क्लबलाई पत्र बुझाएका हुन् । क्लबका नयाँ प्रशिक्षक कोम्यानसँग छलफलपछि मेस्सीले क्लब छोड्नु उचित रहने निर्णय गरेका हुन् । बार्सिलोनामा नै आफ्नो व्यवसायिक खेल जीवन अघि बढाएका मेस्सीलाई भित्राउन सक्ने युरोपमा मुख्यत तीन क्लब रहेका छन् । इन्टर मिलान इटालियन क्लब पहिलाबाट नै अर्जेन्टिनी सुपर ्टारलाई लिन चाहिरहेको थियो । यदि मेस्सी आउनका लागि तयार भए भने इन्टरले २ सय ६० मिलियन युरो सम्म खर्च गर्न तयार रहेको बताइएको छ । चिनिया मालिक रहेको क्लबले मेस्सीलाई धेरै अघिदेखि आफ्नो नजरमा राखेको थियो । यदि उनी इटाली पुगे भने फेरि एक पटक युभेन्ट्सका रोनाल्डोसँगको रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाइनेछ । विगतमा एल क्लासिको जस्तो इटालियन डर्बी पनि रोमाञ्चक हुने अपेक्षा हुनेछ । मेस्सीका पिताले मिलानको पोर्टो नुउभामा घर किनिसकेका छन् । त्यसबाट पनि मेस्सी इटाली जाने सम्भावना रहेको बताइएको छ । म्यानचेस्टर सिटी सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकै कारण मेस्सी त्यहाँ जान सक्ने सम्भावना रहेको छ । मेस्सी र ग्वार्डिओलाबीच बार्सिलोनामा रहँदा राम्रो सम्बन्ध रहेको थियो । त्यति बेला बार्सिलोनाले निकै सफलता प्राप्त गरेको थियो । क्लबमा रहेका अन्य स्टाफ पनि मेस्सीसँग काम गरिसकेकाले उनलाई केहि सहज हुने अनुमान गरिएको छ । मेस्सीलाई लिन सक्ने बलियो आर्थिक अवस्था भएको क्लब मध्ये सिटी पनि एक हो । च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेस्सी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ । मेस्सीका मिल्ने साथी सर्जियो अगुएरो पनि त्यहि रहेकाले उनी जान सक्ने अर्को कारण हो । पेरिस सेन्ट जर्मेन (पिएसजी) मेस्सीलाई लिन सक्ने अर्को क्लबमध्ये पिएसजी पनि हो । नेयमार, केलियन एमबाप्पले जस्ता स्टारहरु पिएसजीमा रहेकाले मेस्सी जाँदा टोली झन् बलियो हुन सक्नेछ । च्याम्पियन्स लिग जित्ने अभियानमा अघि बढेको क्लब यसपटक फाइनलमा चुकेको थियो । यसले पनि क्लबलाई अझ बलियो बनाउन हौसला पुगेको छ । बार्सिलोनामा नेयमार रहँदा उनीहरुबीच राम्रो साझेदारी हुने गरेको थियो । नेयमारले २०१७ मा बार्सिलोना छाडेदेखि नै मेस्सीलाई उनलाई पुनः फर्काउनु पर्छ भन्ने पक्षमा थिए । नेयमारलाई क्लबमा पुनः फर्काउन नसक्दा त्यसमा पनि मेस्सी निराश थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...