अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा २ जना पक्राउ ।

अपराध

अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा २ जना  पक्राउ ।
नोभेम्बर ३० काठमाडौँ :-अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा अवैध रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१८ नरदेवी ठेगाना भएका काठमाडौं रणमुक्तेश्वरस्थित अन्जनी ओभरसिजका संचालक ५८ वर्षीय गोवर्धन प्रसाद सरावगी र अर्घाखाची शितगंगा नगरपालिका-४ जोगेनिकोट ठेगाना भएका २३ वर्षीय कृष्ण प्रसाद भट्टराई रहेका छन् । काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं न्युरोडबाट गोवर्धनले हुण्डि गर्न दिएको अवैध रकम नगद ३० लाख रुपैयाँ सहित कृष्णप्रसादलाई तथा अवैध रकम नगद ८ लाख १२ हजार रुपैयाँ लगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक सहित गोवर्धनलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको उक्त महाशाखाले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...