गौचन हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ ।

अपराध

गौचन हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ ।

डिसेम्बर ०३ नारायणगढ:-गुण्डानाइके समिरमान सिंह बस्न्यातसँग एक करोड रुपैयाँको लेनदेन नमिल्दा सरकारले सहिद घोषणा गरेका निर्माण व्यवसायी शरद कुमार गौचनको ज्यान गएको गएको तथ्य खुलेको छ । घटनाका मुख्य योजनाकार मानिएका समिरमान सिंह बस्न्यातलाई प्रहरीले शनिवार नारायणगढबाट पक्राउ गरेपछि यो तथ्य खुल्न आएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गौचनले आफूले सञ्चालन गर्दै आएको डाँफे कन्सट्रक्सनको सेयर दिने भनेर गजुरमुखी कन्सट्रक्सनका मुख्य लगानीकर्ता रहेका कुमार श्रेष्ठ (घैँटे) मार्फत दुई करोड पचास लाख रुपैयाँ लिएको देखिएको हो ।घैँटेको मृत्युपछि उक्त रकममध्ये एक करोड आफ्नो भएको दाबी गर्दै उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्सट्रक्सनको सेयर वा रकम फिर्ता गर्न बस्न्यातले गौचनसँग पटक–पटक माग गरेका थिए ।त्यसमाथि वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन बापतको २ प्रतिशत रकम माग गर्दा पनि गौचनले त्यसलाई वेवास्ता गरेपछि विवाद चरम उत्कर्षमा पुगेको थियो । त्यसैको बदला लिन वस्न्यातको योजनामा असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।

प्रहरीले घटनामा संलग्न ७ जनालाई यसअघि नै पक्राउ गरे पनि मुख्य योजनाकार भनिएका वस्न्यातसहित ८ जना फरार रहेका थिए । वस्न्यात भारतमा लुकेर वस्दै आएकोमा केही दिन अघि नेपाल प्रवेश गरेको विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान व्युरोका डिआइजी पुष्कर कार्कीले खटाएको टोलीले गत मंगिर १६ गते चितवनको नारायणघाटबाट पक्राउ गरेको थियो । काठमाडौँ–१३ स्थायी घर भएका वस्न्यात पछिल्लो छ महिनादेखि नेपालबाहिर लुक्दै आएका थिए ।

समिरमान सिंह वस्न्यात पक्राउ परेपछि उनको समूहमा विभाजन आएको सिआइबीले जानकारी दिएको छ । प्रहरीले गौचन हत्यामा संलग्न वस्न्यातसहित वसन्त थेवे, धनराज योङहाङ राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...