लमजुंगमा चिर्पट प्रहारबाट १ जनाको हत्या |

अपराध

लमजुंगमा चिर्पट प्रहारबाट १ जनाको हत्या |

डिसेम्बर ५ लमजुंग :-लमजुङ–राइनास नगरपालिका ९, कुडुलेमा चिर्पट प्रहारबाट गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।राइनास नगरपालिका १०, सिमघारीस्थित रत्न प्राविका पूर्व प्रधानाध्यापक ५५ वर्षीय हितमान श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी पदमबहादुर बिष्टका अनुसार कुडुलेस्थित आफ्नै गाउँमा स्थानीय ३६ वर्षीय बेलबहादुर गुरुङको चिर्पट दाउरा प्रहारबाट मंसिर ११ बजे राति गम्भीर घाइते भएका थिए ।

तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएकोमा उपचार हुन नसकी उनलाई पोखरा लगिएको थियो । पोखरामा उपचार सम्भव नभएपछि काठमाडौंस्थित न्युरो अस्पताल पठाइएकोमा उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना भएको दिन दुबैले मादक पदार्थ सेवन गरेका थिए । पीडक बेलबहादुर पनि सामान्य घाइते भएका छन् । उनी फरार रहेको प्रहरीले जनाएको छ ।प्रहरीले बेलाबहादुर विरुद्ध यसअघि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएकोमा अब मुद्दा कर्तब्यमा ज्यानमा परिणत हुने बताएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...