स्याङ्जा विरुवाकी १३ बर्षिय किशोरीद्वारा झुण्डिएर आत्महत्या

अपराध    समाज

स्याङ्जा विरुवाकी १३ बर्षिय किशोरीद्वारा झुण्डिएर आत्महत्या
१० भदौ, स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. ८, मुलाबारी गाउँकी अन्दाजी १३ बर्षकी किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । बुधबार साँझ करिब ७ बजेको समयमा किशोरीले आफ्नै घरको माथिल्लो चोटामा सलको पासो लगाई आत्महत्या गरेकी हुन् । स्थानीयका अनुसार उनको दीदिसँग सामान्य भनाभन भएको र त्यसलगत्तै उनी सरासर माथिल्लो चोटातर्फ गएकी थिईन् । उनले पहिले पनि परिवारमा कसैले गाली गर्दा बारम्बार झुण्डिएर मर्ने धम्की दिने गरेकी थिईन् । घटनाको समयमा भएको सामान्य भनाभनलाई पनि परिवारले सदाजस्तै सामान्य रुपमै लिए । तर केही समयपछि उनलाई खोज्दै माथिल्लो चोटामा पुग्दा उनी सलमा झुण्डिरहेकी थिईन । तत्काल सल काटेर उद्धार गर्ने बेलासम्म पनि उनको शरीर हल्का तातो रहेको र बचाउनका लागि सामान्य प्राथमिक उपचारका विधिहरु अपनाइएको भएतापनि त्यसबेला सम्म धेरै ढिला भईसकेको थियो । मृतककी दुई दीदि, एक दाजु र एक भाई छन् । बुबा रोजगारीको सिलसिलामा जिल्ला सदरमुकाम स्याङ्जामा छन् भने आमाको सम्बन्ध विच्छेद भईसकेको छ । घटनाको बारेमा अहिले ईलाका प्रहरि कार्यालय बिरुवाको टोलीले थप अनुसन्धानको कार्यलाई अघि बढाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 1.50)
Loading...