दाङमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु |

अन्य

दाङमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु |
पुस ६ बुटवल– दाङमा साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनास्थलमा उद्वारका लागि पुगेका ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीसँग सम्पर्क राख्दा उनले ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको जानकारी दिए । ५ जना पुरुष र १ जना महिलासहित ६ जनाको जिवितै उद्वार गरिएको उनले बताए । उनले उक्त बसमा ३० देखि ३५ जना सम्म चढेको अनुमान गरिएको जानकारी दिए । मृतक र घाईतेको नाम विवरण भने खुल्न नसकेको उनले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...