पोखरामा नारा ,जुलुसका लागि निषेधित क्षेत्र तोक्यो |

स्थानीय

पोखरामा नारा ,जुलुसका लागि निषेधित क्षेत्र तोक्यो |
जुन ११ पोखरा :-जिल्ला प्रशासन कार्यालयले पोखरा महानगरपालिकाको विभिन्न ठाउँमा भेला, जुलुस तथा र्‍याली नगर्न सूचना प्रकाशित गरेको छ ।कार्यालयले पोखरा–३ पूर्व नदीपुर, उत्तरमा पृथ्विनारायण क्याम्पसतर्फको सिमल रुख, पश्चिममा बागबजारतर्फ पर्खाल भन्दा १ सय मिटर परसम्म ४ किल्ला क्षेत्र तोकेको छ । त्यसगरी पोखरा–७ मा उत्तरतर्फ फिर्के चौतारो, दक्षिणतर्फ संघीय प्रहरी इकाई कार्यालय प्रवेशद्वार र पश्चिमतर्फ प्रदेश प्रहरी कार्यालयमा आइतबारदेखि कुनैपनि प्रकारको र्‍याली, जुलुस तथा आमसभा गर्न नपाउने क्षेत्र तोकेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...