पोखरा लेखनाथ महानगर पालिकाका मेयरले डोजर चलाएर उद्घाटन गर्दा पत्रकार सहित ५ जना फिर्के खोलामा पुगे |

स्थानीय

पोखरा लेखनाथ महानगर पालिकाका मेयरले डोजर चलाएर उद्घाटन गर्दा पत्रकार सहित ५ जना फिर्के खोलामा पुगे |
जुन १५ पोखरा :-पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग(फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने कार्यक्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी क्षेत्री र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए ।पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ भने पत्रकार श्रेष्ठ र अधिकारी उपचार पछि घर फर्केका छन् । कार्यक्रमका प्रमुअ अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मानवहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना घटेको हो । मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने क्रममो वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलमा खस्न पुगेका थिए । पोखरालेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने महानगरको योजना छ । पैदलमार्ग वनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा वाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ । inShare

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...