संगमयुवा परिवारको १४ औ बार्षिक उत्सव तथा शुक्रबारे मेला २०७४ भब्य रुपले सम्पन्न ।

स्थानीय

संगमयुवा परिवारको १४ औ बार्षिक उत्सव तथा शुक्रबारे मेला २०७४ भब्य रुपले सम्पन्न ।

नोवेम्बर २९ स्याङ्गजा:-स्याङ्गजा जिल्ला साबिकको एलादी ४ र हाल वालिङ्ग नगरपालिका वडा नम्बर ४, एलादीमा संगम युवा परिवारको १४ औँ बार्षिक तथा शुक्रबारे मेला २०७४ भव्यताका साथ सम्पन्न भएकोछ।प्रत्येक बर्ष मनाउदै आइरहेको एलादीबासीहरुको मुख्य चाड को रुपमा चिनिने "शुक्रबारे पर्व" हरेक बर्षको मङ्सिर महिनाको दोश्रो शुक्रबारका दिन मनाउदै आएका छन्. बिशेषता, शुक्रबारे माईको पूजाआजाका साथ धुमधाम मनाईने भएकोले शुक्रबारे पर्व रहन गएको हो भन्ने बुझिन्छ। गाउँको रक्षा र रोगबारको निमीत्त गरिने उक्त पूजालाइ गाउँमा बिशेष रुपमा हेरिन्छ, र सोहि दिनको साझ, अर्थात् शुक्रबार साझ, संगम युवा परिवारको बार्षिक उत्सव बिबिध सांस्कृतिक तथा सांगीतिक प्रस्तुति संगै मनाउदै आएका छन्।साथै भलिबल तथा अन्य स्थानीय खेल भने शुक्रबार आउनु पुर्वबाटै संचालन गर्ने गरिन्छ ।

YALAD12

यस बर्ष भने बिगत भन्दा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ, संगम युवा परिवारको १४ औँ बार्षिक उत्सव तथा शुक्रबारे मेला २०७४ का कार्यक्रम संयोजक प्रशान्त गुरुङको संयोजकमा भएको थियो । मङ्सिर ५ गते देखि बिबिध भलिबल खेल संगै शुरु भएको सो कार्यक्रममा मङ्सिर ८ गते शुक्रबारको दिन, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतिसंगै स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो। यस बर्ष राष्ट्रिय लोक दोहोरी गायक तथा सलैजोका बादशाह राजु गुरुङ, गायीका तथा नायिका सबिना गुरुङ, लोकदोहोरी गायिका किशु गुरुङ, आधुनिक गायक बिरेन स्यानु गुरुङ, गायिका निशा गुरुङ, हिमालि सांस्कृतिक परिवार पोखराका चर्चित Choreographer यूवराज गुरुङ र टीम, देवदह (KIDS DANCE IDOL)का बिजेता रोशनी गुरुङको उत्कृष्ठ नृत्य प्रस्तुतिको साथमा संगम युवा परिवारको सांस्कृतिक समुहको नृत्य प्रदर्शन गरिएको थियो।

YALAD13

यसै गरि भलिबलखेल तर्फको उपाधि भने स्वर्णिम युवा परिवार, तलाथोकले चुम्न सफल भएको छ। जम्मा २२ टीमको सहभागिता रहेको भलिबल प्रतियोगितामा,आयोजक अर्थात् संगम युवा परिवारको भलिबल टीम द्वित्तीय र रयाले स्थित युवा क्लबले तृतीय स्थान हासिल गरेका थिए। क्लबका निबर्तमान अध्यक्ष देवी लाल खनाल ज्युको सभापतित्वमा संचालित कार्यक्रमको समुद्घाटन सोहि गाउ, हाल काठमाडौँ बस्दै आउनु भएका कार्यक्रमका प्रमुख अतिथि प्रेम गुरुङले गर्नु भएको थियो भने, कार्यक्रमको संचालन क्लबका सक्रिय सदस्यहरु मिन गुरुङ र सीबी गुरुङले गर्नु भएको कार्यक्रम संयोजक प्रशान्त गुरुङ्गले फिष्टेल न्यूजलाई जानकारी दिनु भएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...