म्याग्दीमा घवलागिरी बिद्यालय कालिगण्डकीले बगायो |

स्थानीय

म्याग्दीमा घवलागिरी बिद्यालय कालिगण्डकीले बगायो |
श्रावण ३० म्याग्दी :-म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् । केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ । बाढीले लगातार जग्गा कटान गरिरहेको छ । पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान शुरु गरेको हो । बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । कोप्चेपानीमा २४ घरधुरीको बसोबास छ । भवन बगाएपछि पठनपाठन प्रभावित भएको छ । कक्षा सञ्चालनका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...