आठ किलो सुन सहित दुई चाईनिज नागरिक पक्राउ ।

अपराध

आठ किलो सुन सहित दुई चाईनिज नागरिक पक्राउ ।
नोभेम्बर ३० काठमाडौँ :- त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको स‌ंयुक्त टोलीले चेन होङयाङ र चेन क्वीनहाङलाई ८ किलो सुनसहित पक्राउ गरेको हो । बिहीबार राति नेपाल एयरलाइन्सबाट हङकङ हुँदै नेपाल आएका उनीहरूको साथबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । समातिएका दुबै चिनियाँ चीनको फुजियान प्रान्तका नागरिक हुन् । पछिल्लाे समय हङकङ हुँदै नेपालमा सुन तस्करी भइरहेको छ । नेपालमा तस्कर गरेर ल्याइएको सुन भारत पठाउने गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई गाैशाला प्रहरीमा बुझाइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...