पोखरामा ३३ का वडा अध्यक्षको गाडीमा बम बिष्फोट ।

अपराध

पोखरामा ३३ का  वडा अध्यक्षको गाडीमा बम बिष्फोट ।
नोभेम्बर २५ पोखरा :-पोखरा ३३ का वडाध्यक्ष शिव आचार्यको गाडीमा बम विष्फोट गराइएको छ ।ग २ च ४२६ नम्बरको हाईलक्स गाडीमा बम पड्काईएको हो । वडाध्यक्षको घरमा पार्किङमा राखिएको बेला बम विस्फोट गरिएको वडाध्यक्ष आचार्यले बताए । बम पड्किएपछि गाडीको अघिल्लो भागमा क्षति पुगेको छ । घटना राती २ बजे भएको हो । प्रहरीले अज्ञात समूहले भनेपनि विप्लव समूहले यो काम गरेको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...