स्याङ्गजामा पहिरोले पुरिएरा १ जनाको मृत्यु ,१ जनाको उद्दार।

स्थानीय

स्याङ्गजामा पहिरोले पुरिएरा १ जनाको मृत्यु ,१ जनाको उद्दार।
जुलाई २२ स्याङ्गजा:-केहि दिनको अविरल वर्षासँगैको पहिरोले पुरिएर गल्याङ नगरपालिका १० मा मंगलबार राति १ जनाको मृत्यु भएको छ भने १ जनाको उद्धार भएको छ ।पहिरो घर भत्किँदा पुरिएर ५२ वर्षीया माया सारुको मृत्यु भएको हो । २० वर्षीय छोरी नारायणी सारुलाई स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । राति खाना खाएर आमा छोरी सुतेकोमा बिहान स्थानीयले पहिरोले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको हो भने १ जनाको मृत्यु भएको हो ।घरदेखि करिब २५ मिटर माथिबाट आएको पहिरो पुरेको अधिकारीले जानण्कारी दिए । पहिरोले पुरिएर उद्धार गरेपछि छोरी सारुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।   फाइल फोटो

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...