पोखरामा पिसिआर मेसिन आयो तर कहाँ राख्ने ?बिबाद हुँदा अन्योल ।

स्थानीय

पोखरामा पिसिआर मेसिन आयो तर कहाँ राख्ने ?बिबाद हुँदा अन्योल ।
मार्च ३१ पोखरा :-कोरोना भाइरस लागे नलागेको थाहा पाउन विरामीको स्बाब परिक्षण गर्ने पिसिआर मेशिन सहितको सामाग्री बोकेर काठमाण्डौंबाट उडेको हेलिकोप्टर सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याण्ड गरेको छ । अब त्यो ल्याब कहाँ राख्ने भन्ने नयाँ विवाद सुरु भएको छ । श्रोतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीहरु सो ल्याब त्यहा स्थापना गर्ने पक्षमा छैनन् भने प्रदेश सरकार त्यही स्थापना गर्न चाहान्छ । यसो हुँदा फेरि अन्यौल सृजना भएको छ । आज विहानै मेशिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आइसकेको छ । छिटो ल्याब सञ्चालन गर्न भन्दै विज्ञको टोलीलाई सिधै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसर मै उतारियो । कहा राख्ने भन्ने विवादले फेरि तरंग सृजना भएको छ । हिजो दिनभर पनि मेशिन कहाँ राख्ने भन्ने निर्णय नहुनु भनेको सरकारका जिम्मेबार निकायबीच कुनै समन्वय नहुनु हो । उनीहरु सल्लाह र समझदारीमा निर्णय गदैृनन् भन्ने कुरा यो घटनाले पुष्टी गरेको छ । क्षेत्रीय अस्पतालका जिम्मेबार अधिकारीहरु आफ्नो ल्याबमा आज ल्याइएकोे पिसिआर मेशिन राख्ने ठाउ छैन भन्दैछन । उनीहरुले सो ल्याब क्षय रोग केन्द्रमा राख्न ठिक हुने बताइरहेका छन भने प्रदेश सरकारका प्रतिनिधि तथा उच्चस्तरीय निर्देशन समितिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कै ल्याबमा राख्नु पर्ने अडान लिएका छन । यसरी पिसिआर मेशिन फेरि अलपत्र परेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...