भाषा विज्ञान के हो ? गुरुङ भाषा विज्ञानबारे केहि विचारहरु ।

स्थानीय

भाषा विज्ञान के हो ? गुरुङ भाषा विज्ञानबारे केहि विचारहरु ।
एप्रिल २६ देवी जंग गुरुङ पोखरा :-क) परिचय ः भाषा र भाषा विज्ञान भन्नुमा फरक छ । सामान्यतय कुनै पनि जाति, समूदाय वा व्यक्तिले वोलेको कुनै पनि भाषालाई “ भाषा ” भनिन्छ भने त्यो भाषाको वनावटलाई छुट्याउने विधि वा शास्त्रलाई भाषा विज्ञान भनिन्छ । त्यसैले भाषा अथवा Language ले सम्वन्धित जाति वा समूदाय विशेषको परिचय वा संस्कृति दिन्छ भन्ने भाषा विज्ञान अथवा ले त्यो भाषाको वैज्ञानिक अध्ययन अनुसन्धान गर्छ । भाषा वोल्ने सवै मातृ भाषीहरु भाषाविद नहुन सक्छ तर भाषा नबोल्ने अन्यहरु भाषाविद हुन सक्छ । जस्तै ः गुरुङ्ग समाजमा कुनै गुरुङ्गले आफ्नो मातृ भाषा विशुद्ध रुपमा वोल्न सक्छ भने पनि ऊ गुरुङ्गको भाषाविद नहुनु सक्छ तर गुरुङ्ग भाषा नै नबोल्ने कुनै मान्छे गुरुङ्गको भाषाविद हुन सक्छ त्यसैले भाषा र भाषा विज्ञानमा फरक हुन्छ । भाषा कुनै पनि जाति वा समूदायको पहिलो परिचय हो, यद्यपी गुरुङ्ग भाषा वोल्ने सवै जाति वा समूदाय गुरुङ्ग नहुन सक्छ । तर म गुरुङ्ग हो भन्ने पहिचान गुरुङ्ग भाषाबाटै हुन्छ । त्यसैले भाषालाई संस्कृतिको पहिलो प्राथमिकतामा राखेको पाइन्छ । मानवशास्त्रीहरुले भाषालाई संस्कृतिको वाहक मान्छन् । उनीहरुले भाषालाई यसरी व्याख्या गरेका छन् । “ Language are spoken by people by people, who are members of societies, which have their own distinctive cultures, social variables, such as class, gender and status of the speakers, will influence peopleÚs use of language moreover, people communicate what is meaningful to them and what is or is not meaningful is defined by their particular culture। In fact, our use of language affects, and is affected by our culture ( Haviland, 1996)। मानवशास्त्रीहरुका अनुसार विश्वमा सोह्र हजार थरीका भाषाहरु थिए, त्यो घट्दै आएर आठ हजारमा सिमित भयो, अझै घटेर चार हजारमा आयो र वर्तमान परिवेशमा विश्वमा जम्मा दुई हजार थरीका भाषा संरक्षित रहेको अनुमान लगाइन्छ । उनीहरुका अनुसार एउटै जाति वा समूदायले बोल्ने आफ्नो मातृभाषा पनि प्रत्येक दुई – दुई किलोमिटरको छुट्टाछुट्टै बसाई वा थलोमा समेत केहि रुपमा फरक पर्दै जान्छ । यस अर्थमा गुरुङ्ग भाषा पनि गाउँ ठाउँ र डाँडा– खोला अनुसार फरक पर्दै गएको पाइन्छ । ख) गुरुङ्ग भाषा ः सामान्यतय गुरुङ्ग समूदायले वोल्ने साझा भाषालाई गुरुङ्ग भाषा भन्ने वुझिन्छ । कुनै पनि भाषालाई यसरी परिभाषित गरिएको छ । A language is a system of arbitrary vocal system by which members of a social group co– operate and interact। (Heoskovits, 1955)। गुरुङ्ग भाषालाई भोट बर्मेली भाषा भनिन्छ । भोटदेखि वर्षसम्मको भौगोलिक भूमिमा वोलिने भाषालाई भोट बर्मेली भाषा भनिएको हो । त्यसैले गुरुङ्गले वोल्ने भाषा भोट बर्मेली भाषा परिवार भित्र पर्दैछ । यो भाषा हाल चीनसंगको भौगोलिक क्षेत्रलाई समेटेर लिएको छ र यसलाई “ सिनो चिनीय ” भनिन्छ । भाषा विज्ञानमा नेपालका एकमात्र तान विशेषज्ञ (Tone specialist ) प्रा।डा। माधव प्रसाद पोख्रेलका अनुसार भाषाको उत्पत्तिलाई हेर्दा चिनीय भाषा आज भन्दा पाँच हजार वर्ष पहिले नै विकसित भइसकेको हुनाले गुरुङ्ग भाषाको इतिहास पनि उत्तिकै पुरानो मानिन्छ । यसैगरी हाल तिब्बतमा वोलिने तिब्बतियन भाषा सातौं शताब्दीमा मनिपुरी र नेवारी भाषा बा¥हौं शताब्दीमा विकास भएको पाइन्छ । प्रा।डा पोख्रेलका अनुसार भोट बर्मेली वा चिनीय परिवार र तिब्बतियन परिवार भन्नुमा धेरै फरक छ । गुरुङ्ग भाषाको माउ भाषालाई चोँ भाषा अथवा चोँ क्युई भनिन्छ । चोँ भाषा भन्नाले त्यसवेलाको चाँे राज्य अथवा नेपाल पस्नु अघिको भू– भागमा वोलिने भाषा हो र यो गुरुङ्ग समूदायको शास्त्रीय भाषा हो । यो भाषा हाल विशेष किसिमका संस्कार – संस्कृतिमा पुरोहितहरुले प्रयोग गर्छन् । लमजुङ्गको अधिकांश ठाउँ र कास्कीको उत्तर– पूर्वी भागहरुमा सामान्य वोलचालमा समेत यो चोँ भाषा अथवा शास्त्रीय भाषा केही न केही रुपमा प्रयोग गरेको पाइन्छ । जस्तै ः तुमू – तुमूमै, तुली – मूली तमू – तमूमै, ताइ – म्याइ प्रा।डा जगमान ( उप– कुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान ) गुरुङ्गका अनुसार गुरुङ्गहरुको Standard भाषा लमजुङ्गको चारनाल र कास्कीको सिक्लेसमा पाइन्छ । गुरुङ्ग भाषा र संस्कृतिको अध्ययनको क्रममा लमजुङ्ग जिल्ला विशेष गरी भाषामा ऐतिहासिकता बोकेको र सिक्लेस वा सेरोफेरो संस्कृतिमा ऐतिहासिकता बोकेको पाइन्छ । ग) भोट बर्मेली गुरुङ्ग भाषाको विशेषता १। स्वर एकै प्रकार रहेको हुन्छ । २। एउटै अक्षरको शब्द हुन्छ÷बन्छ । ३। लैंगिक विभेदता हुदैन । ४। शब्दमा ङ वर्ण बढी पाइन्छ । घ) गुरुङ्ग भाषा र तान ः तन भन्नाले आवाज भन्ने वुझिन्छ । कुनै पनि भाषामा तान (Tone ) को विशेष महत्व रहन्छ र यो तानकै आधारमा भाषा छुट्याउने काम गरिन्छ । गुरुङ्ग भाषामा ‘ चप ’ र नेपाली भाषामा ‘ खान्छु ’ भन्दा कस्तो खालको आवाज वा तान वाहिर निस्किन्छ त्यसैको आधारमा त्यस भाषाको अर्थ लगाइन्छ । भाषा विज्ञानका अनुसार चार किसिमका तानहरु हुन्छन् । १। उच्च तान ( High Tone ), ताप– निकाल्नु ( कैँ ताप ) २। निम्न तान ( Low Tone), त्हप– पोल्नु ( डडल्नु) ३। मध्य तान (Mid Tone), टोँप– छिन्नु ४। स्वरित ( Uttered Tone) टोँप – मासिनु । ङ)वर्ण व्यञ्जन वर्ण ( consonant sound ) क ख ( ग ) ( घ ) ङ च छ ( ज ) ( झ ) ञ ट ठ ( ड ) ( ढ ) त ठ ( द ) ( ध ) न प फ ( ब ) ( भ ) म य फ ( ल ) व श स स्वर वर्ण ( Vowel sound ) अ आ ई ऊ ए ओ नोट ः-माथि व्यञ्जन वर्णमा कोष्ठभित्र राखेका ‘ ग ’ र ‘ घ ’ वर्णका अक्षरहरु गुरुङ्ग भाषामा आफै स्वतन्त्र तरीकाले आवाज निकाल्न नसकिने र अर्थ पनि दिन नसकिने अन्य वर्णबाट प्रभावित भएका हुनाले यसलाई ‘ समवर्ण ’ मा राखिएको छ । कतिपय दुईवटा स्वर वर्णको बीचमा आउने ‘ प ’ उच्चारण ‘ ब ’ उच्चारणमा परिणत भएको हो । जस्तो ः चप ( CHAPA) बाट चब ( CHABA) लप (LAPA) बाट लब (LABA ) लेखक:- मानवशास्त्री पोल वहादुर गुरुङ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading ... Loading ...