गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुग्यो ,स्याङ्गजामा सब भन्दा धेरै संक्रमित ।

स्थानीय

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुग्यो ,स्याङ्गजामा  सब भन्दा धेरै संक्रमित ।
जुन ३ पोखरा:- गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नवलपरासी बुलिङटार गाउँपालिकाका १६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।कपिलबस्तुको बाडगंगा नगरपालिकास्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका उनको अहिले चितवन भरतपुर उपमहानगरपालिका स्थित कोरोना अस्पतालमा उपचार भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ रहेको छ ।गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ६ जना पुरुष तथा २ महिला , स्याङ्जाका ११ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका १ जना पुरुष र तनहुँका १ जना पुरुष तथा पर्वतका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...