प्याराग्लाईडिंग दुर्घटनामा पोखरा एकजनाको ज्यान गयो |

अन्य

प्याराग्लाईडिंग दुर्घटनामा पोखरा एकजनाको ज्यान गयो |

 फेब्रअरी १४ पोखरा :- प्याराग्लाईडिङ दुर्घटना भएर पोखरामा १ जनाको मृत्यु भएको छ ।मौषमी अबस्थाका कारण र कतिपय अबस्थामा यात्रु तथा चालकका लापरवाहीका कारण पनि प्याराग्लाईडिङ दुर्घटना बढ्दै गएको हो । बुधवार दिउसो सराङकोटबाट उडेको प्याराग्लाईडिङ फेवातालममा खस्दा भारतीय नागरिक मारियाता शिवराजुको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

भारतको कर्नाटक प्रदेशबाट पोखरामा प्याराग्लाईडिङ उडानका लागि आएका पुगेका उनको ज्यान गएको हो । फेवाताल खसेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि मेट्रोसिटि अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...