भारतमा मे ३ तारिख सम्म लकडाउन बढाए ।

विदेश

भारतमा मे ३ तारिख सम्म लकडाउन बढाए ।
अप्रिल १४ एजेन्सी :-भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा प्रधानमन्त्री नरेन्द्र मोदीले १८ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् ।उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।‘प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् देशका अन्य भागमा कोरोनाभाइरसको संक्रमण नफैलियोस् भनेर आगामी हप्ता, एप्रील २० तारिखसम्म, भने केही कडा उपायहरू अपनाइनेछन्। "भाइरसका नयाँ हटस्पटहरू देखा परे भने त्यसले भारतकालागि थप समस्या खडा गर्छ। त्यसैले आगामी एकहप्ताका लागि हामीले एकदमै कडा हुनु परेको छ," उनले भने।एकहप्ताको कडिकडाउपछि भने नयाँ हटस्पट अर्थात एकैस्थानमा धेरै सङ्क्रमण देखा नपरेका क्षेत्रमा लकडाउनका प्रावधान केही खुकुलो पार्न सकिने उनले बताएका छन्। मोदीले यो लकडाउन पहिलेभन्दा कडा हुने र एप्रिल २० तारिखसम्म सबै बस्तीलाई निरीक्षण गर्ने र लकडाउनको पालना गर्दै कोरोनाभाइरस सङ्क्रमण हुन नदिने स्थानमा अत्यावश्यक कामका लागि सशर्त अनुमति दिन सकिने बताए।त्याग गरेर देशलाई नोक्शान हुनबाट बचाएको भन्दै धन्यवाद व्यक्त गरे । भारतले संक्रमणबाट रोक्न अन्य देशको तुलनामा महत्वपूर्ण काम गरेको बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...