फेसबुक चलाउन नजान्दा पूर्व डिएसपी फसे ,बुहारीलाई सेक्सी भनेर …|

अन्य

फेसबुक चलाउन नजान्दा पूर्व डिएसपी फसे ,बुहारीलाई सेक्सी भनेर …|
असोज ९ काठमाडौँ :- फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोग परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् ।नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् । आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पुर्व डिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् । उमेरले करिब ६ दशक पुगेका उनले साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, म्यासेन्जरमा म्यासेज पनि पठाईरहन्थे । त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गरे । बुहारी आश्चार्यमा परिन् । अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए । पछि त च्याटमा नै अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भईन् र प्रहरीमा पुगिन् । काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगिन् । महाशाखाले उनलाई फोन गर्यो । उनी भुपु डिएसपी भएको पत्ता लाग्यो ।नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याईयो । साभार :- दृष्टि साप्ताहिक

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...