पानी पुरी खाँदा सुर्खेतमा ३३ जना बिरामी ,पानी पुरी वाला प्रहरी नियन्त्रणमा |

अन्य

पानी पुरी खाँदा सुर्खेतमा ३३ जना बिरामी ,पानी पुरी वाला प्रहरी नियन्त्रणमा |
असोज २८ सुर्खेत :- पानीपुरी खाँदा सुर्खेतमा ३३ जना बिरामी परेका छन् । जिल्लाको भेरीगंगा नगरपालिका ११ मा एउटै गाउँका ३३ जना बिरामी परेका हुन् । बिरामी हुनेमा महिला तथा बालबालिका रहेका छन् । गाउँमा ठेलामा राखेर बेच्न लगेको पानीपुरी खाँदा उनीहरु आइतबार साँझ बिरामी भएका हुन् । बिरामीमा वान्ता आउने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्ने जस्ता लक्षण देखिएका छन् ।स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि उनीहरुलाई वीरेन्द्रनगर ल्याइएको हो । बिरामीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पानीपुरी बेच्ने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामीको अहिले प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।यसैबीच कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले बिरामीको उपचारमा कुनै कमी नराख्न अस्पताललाई निर्देशनसमेत दिएका छन् ।   साभार :-अन्नपूर्ण पोष्टबाट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...