निर्मला पन्तको हत्यारा सार्बजानिक गर्न माग गर्दै महेन्द्र नगरमा प्रदर्शन |

अन्य

निर्मला पन्तको हत्यारा सार्बजानिक गर्न माग गर्दै महेन्द्र नगरमा प्रदर्शन |
कार्तिक १२ महेन्द्रनगर:- निर्मला पन्तको बलात्कारपछि हत्याका हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा निर्मलाका परिवार, अधिकारकर्मी लगायतले सोमबार प्रदर्शन गरेका छन् ।बलात्कारपछि हत्या भएको ३ महिना पुगिसक्दा पनि अझै अपराधी सार्वजनिक नगरिएको भन्दै परिवार र हधिकारकर्मी सहितले सोमबार प्रदर्शन गरेका हुन् । महेन्द्रनगरको मदन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन पुग्ने छ। प्रमुख जिल्ला अधिकारीमार्फत अल्टिमेटम सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मीना भन्डारीले जानकारी दिइन्। प्रदर्शनमा गाउँ गाउँ देखि समेत महिलाहरुको सहभागिता छ। साउन १० गते १३ वर्षीय किशोरी पन्तको हत्या भएकोमा अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्।   स्रोत :-अन्नपुर्ण पोस्ट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...