कृष्णनगरमा दिउसो १२ बजे सम्म कर्फ्यु हटाए |

अन्य

कृष्णनगरमा दिउसो १२ बजे सम्म कर्फ्यु हटाए |
कात्तिक ६ कपिलवस्तु:- कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यू हटाएको छ ।मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यू हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यू लगाएको थियो । कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद मंगलबारदेखि सामान्य बनेको हो । कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।प्रशासनले कफ्र्यू कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कफ्र्यू लगाउने निर्णय गरेको थियो । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...