श्रीमतीको हत्यारा श्रीमान धानखेतमा लुकेरा बसेको अवस्था पक्राउ |

अन्य

श्रीमतीको हत्यारा श्रीमान धानखेतमा लुकेरा बसेको अवस्था पक्राउ |
असोज ११ पोखरा :- पोखरा महानगर ३२ श्रीमतीको  हत्या गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुकुम्वासी वस्तीका ५५ वर्षका यानबहादुर गुरुङले  श्रीमती ६० वर्षिया श्रीमाया गुरुङको हत्या गरेर भागेका थिए । विहीवार विहानमात्र प्रहरीलाई घटनावारे जानकारी गराईएको र प्रहरी परिचालन भएको २ घण्टामै घटनामा संलग्न गुरुङलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । श्रीमतीको हत्यापछि भागेका गुरुङ पोखरा महानगर ३२ गगनगौडा स्थित धानखेतमा लुकेर वसेको अवस्थामा पक्राउ गरेर ल्याईएको गुरुङको भनाई छ । ‘ घटनामा संलग्न गुरुङलाई हामीले गगनगौडामा धानखेतमा लुकेको अवस्थामा फेला पारेर पोखरा ल्याउँदछौँ।’ डीएसपी गुरुङले भने । वुधवार राती ११ बजेको समयमा घरायसी झगडामा गुरुङले श्रीमतिलाई ढुँगाले हानेर हत्या गरेको प्रहरीको भनाई छ। घटना थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओमवहादुर राना, डिएसपी रवीन्द्रमान गुरुङ, डाँडाकोनाक चौकीका डीएसपी विष्णुवरसिँह थापा लगायत घटना अनुसन्धानमा खटिएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...